काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको हो ।
Search and rescue troops have physically located the plane crash site. Details will be followed.
— NASpokesperson (@NaSpokesperson) May 30, 2022
यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् । आइतबार बिहानदेखि वेपत्ता तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको थियो । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।