स्कारपिओको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ६ : ११


सप्तरी । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन नगरपालिका–५ जाँजरमा आज स्कारपिओले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय सुवेदार मियाँ रहेको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पूर्वतर्फ आउँदै गरेको प्र२–०१–००१च ००२२ नंको स्कारपिओले पैदल गइरहेका मियाँलाई ठक्कर दिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्