रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजित

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ६ : ०५


सरकारले रेल मेट्रो रेल आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत उक्त कुरा बताएका हुन्।

पूर्वपश्चिम रेलमार्गको बर्दिबास–निजगढ खण्डको निर्माण कार्यलाई तीव्रता दिइने अर्थमन्त्री शर्माले बताए। वीरगन्ज–काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने उनको भनाइ छ।

विराटनगर–धरान, पथलैया–वीरगन्ज, भैरहवा, बुटवल र पोखरा उपत्यकामा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिने उनको मन्त्री शर्माले बताए।

जयनगर–जनकपुर–कुर्था यातायात रेल सेवा विस्तार गरी विजयपुरसम्म यातायात सञ्चालन गरिने उनको भनाइ छ। विजयपुरा बर्दिबास र विराटनगर खण्डमा जग्गा प्रक्रियाका लागि स्रोतको प्रबन्धन मिलाएको उनको भनाइ छ।

विर्तामोड–जलेश्वर–जनकपुर रेल यातायात सेवा विस्तारको सम्भाव्यता अध्ययन गरिनेछ।

 


प्रतिक्रिया दिनुहोस्