तारा एयरले भन्यो-जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ५ : ४३


आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज अहिलेसम्म फेला नपरेको एति एयरले जनाएको छ। पोखराबाट जोमसोमको लागि ९:५५ बजे उडेको तारा एअरको जहाज अहिलेसम्म सम्पर्कबाहिर रहेको एति एयरले जनाएको हो।

सम्पर्कविहीन भएपश्चातदेखि नै स्थल तथा हवाई मार्गमार्फत तीव्र रूपमा खोजी कार्य भइरहेको एति एयरले विज्ञप्तिमार्फत जनाएको छ।

वायुयान हराइरहेको सम्भावित स्थान न्याउरीकोट, कोवाङ्ग, लेते, घोडेपानी र टिटि ताल वरिपरि खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी तथा तारा एअरको उद्धार टोली परिचालन गरिएको छ। नेपाली सेनाको एमआई १७ र फिस्टेल एअरको हेलिकप्टोरमार्फत् पनि खोजी भइरहेको एति एयरले जनाएको छ।

तारा एयरको टुइनेटर विमान अन्तिम पटक जोमसोम टावरसँग १०:०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो।

 


प्रतिक्रिया दिनुहोस्