सरकारले निजगढ विमानस्थलको काम नरोक्ने

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ५ : ०३


सर्वोच्च अदालतले निर्माणकार्य अघि नबढाउन आदेश दिए पनि सरकार भने पछि नहट्ने भएको छ।

सरकारले निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्ने बताएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन्।

गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा समेत अर्थमन्त्रीले गरे।

तर, गत बिहीबार सर्वोच्च अदालतले सरकारबाट भएका निजगढमा विमानस्थल बनाउने सबै निर्णय बदर गरी त्यहाँ विमानस्थल नबनाउन परमादेश दिएको छ।

सर्वोच्चको सो आदेशपछि आइतबार सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा निजगढ विमानस्थल बनाउने कार्यक्रम समेटिएको जानकारी दिएको हो।


प्रतिक्रिया दिनुहोस्