हराएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला!

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : ११


काठमाडौं । पोखराबाट जोमसोमका लागि उडको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुघ्रटनाग्रस्त अवस्थामा भेटिएको छ।

स्थानीयले नेपाली सेनालाई दिएको जानकारी अनुसार मानापाथी हिमालको पहिरोमुनि लाम्चे खोलाको मुहानमा तारा एयरको विमान दुर्घटना भएको देखिएको छ।

नेपाली सेनाको फौज स्थल र हवाई मार्गबाट त्यसतर्फ गइरहेको सैनिक प्रवक्ता नारायण सिलवालले बताए।

विमान जलिरहेको अवस्थामा भेटिएको सूचना भेडी गोठालाले दिएका हुन।

सेनाका अनुसार, कोबाङबाट सो स्थल जान ४ घण्टा लाग्छ। टोली घटनास्थलमा पुगिसकेपछि एकिन जानकारी आउने नेपाली सेनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्