यी तीन खेलाडी गुजरातलाई उपाधि जिताउन सक्छन्

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ३ : १४


नव प्रवेशी टिम गुजरात टाइटन्स, इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को फाइनलमा पुग्ला भन्ने कसैले कल्पनासमेत गरेका थिएनन् होला। तर, त्यहीँ टीम सबैलाई आश्चर्यचकित बनाउँदै फाइनल पुगेको छ। र, आज राजस्थान रोयल्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ।

हार्दिक पाण्ड्या, शुभमन गिल र राशिद खानजस्ता स्टार खेलाडीलाई टिममा समावेश गरेको गुजरातले पाण्ड्यालाई कप्तानको जिम्मेवारी दियो।

आफ्नो पहिलो खेल लखनउविरुद्ध खेल्दै जित हात पारेको उसले त्यसपछिका दुई खेलमा पनि शानदार जित निकाल्यो। पहिलो तीन खेलमा जित हात पारेको गुजरातले हैदरावादसँग प्रतियोगिताको पहिलो हार व्यहोर्‍यो।

पराजयपछि गुजरातले पुनः गति लियो र त्यसपछिका लगातार पाँच खेल जित्यो। त्यसपछिका दुई खेलमा पञ्जाब र मुम्बईसँग हार्न पुग्यो। तर, त्यसपछिका दुई जितसँगै टोलीले प्लेअफमा स्थान पक्का गर्‍यो र प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बन्यो।

अन्तिम लिग खेलमा आरसीबीसँग पराजित भए पनि त्यसपछि पनि अंक तालिकाको शीर्ष स्थानमा रह्यो। गुजरातले आफ्ना १४ खेल मध्ये १० खेल जितेर समूहमा शिर्ष स्थानमा रहदै प्लेअफमा स्थान सुरक्षित गर्‍यो।

पहिलो क्वालिफायरमा गुजरातले राजस्थानविरुद्ध अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै फाइनलको टिकट सुरक्षित गर्‍यो। लिग चरणमा टोलीले चार खेलमा हार बेहोरेको थियो, यस बाहेक प्रत्येक खेलमा उसले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो। ‘डेब्यू’ सीजनमै फाइनलमा पुगेको गुजरात आज पहिलो ट्रफी जित्ने लक्ष्यमा छ। राजस्थानलाई स्तब्ध पार्दै गुजरातका यी खेलाडी उपाधि दिलाउन सक्छन्।

१) डेभिड मिलर

पहिलो पटक गुजरातसँग जोडिएका मिलर सन् २०२० देखि राजस्थान टोलीसँग जोडिएका थिए। २०२० मा उनले पूरै सिजनमा एउटा मात्र खेल खेल्ने मौका पाए।

२०२१ मा उनले मौका पाए पनि सदुपयोग गर्न सकेनन्। ९ खेलमा २४।८० को औसत र स्ट्राइक रेटमा १२३ रन मात्र बनाए। तर, २०२२ को आईपीएलमा पनि उनी उत्कृष्ट लयमा छन्। उनले यस सिजन १४१.१९ को औसतमा ४४९ रन बनाएका छन्।

गुजरातलाई फाइनल पुर्‍याउन मिलरको देन उच्च छ। धेरै खेलमा उनले हार्नबाट टोलीलाई बचाएका छन्। चेन्नईविरुद्धको खेलमा गुजरात ८७ रनमा ५ विकेट गुमाउँदा मिलरले अविजित ९४ रन बनाउँदै टोलीलाई जिताउन मुख्य भूमिका खेलेका थिए। फाइनलमा पनि मिलर राजस्थान रोयल्सका लागि टाउको दुखाइ बन्न सक्छन्।

३) राशिद खान

हैदरबादबाट आईपीएल खेल्दै आएका राशिद खानले यो सिजन टोली परिवर्तन गरे। तर, उनले गुजरातमा पनि उत्कृष्ट प्रदर्शन जारी राखे। उनले आफ्नो टोलीका लागि ६।७३ को इकोनोमीमा १८ विकेट लिए। ब्याट र बल दुबैमा उनको प्रदर्शन उत्कृष्ट रह्यो।

चेन्नईविरुद्धको खेलमा उनले उत्कृष्ट ब्याटिङ गरे। २१ बलमा ४० रन बनाएर टोलीलाई हारबाट बचाएका उनको ब्याट र बल दुबै अब्बल रूपमा चल्दै आइरहेको छ। स्पिन बलर राशिदको जादु चलेमा राजस्थान उनी सामू निरही बन्ने छ ।

३) हार्दिक पाण्ड्या

हार्दिकका लागि कप्तानको रूपमा यो पहिलो सिजन हो। तर,उनले आईपीएलको अनुभवलाई उत्कृष्ट तरिकाले प्रयोग गर्दै आइरहेका छन्।

चौथो नम्बरमा ब्याटिङ गर्दै उनले टोलीका लागि ४५।३० को औसतमा ४५३ रन बनाएका छन् र उनको यो सिजनमा उच्चतम स्कोर ८७ रन हो।

आज हार्दिकको कप्तानीमा गुजरातले राजस्थानसँग फाइनल खेल खेल्दैछ। यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। उत्कृष्ट अलराउन्डर हार्दिक राजस्थानका लागि घातक बन्न सक्छन्।


प्रतिक्रिया दिनुहोस्