नदीमा डुबेर दुई बालकको मृत्यु

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  २ : ५८


कैलाली । धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आज मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्