काडमाडौं। निजगढको जंगल माँसेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएपछि विरोधस्वरुप सडकमा सर्वसाधारणहरु उत्रिएका छन्।
काठमाडौंमा रहेका निजगढबासीले अदालतले विकास विरोधी फैसला गरेको भन्दै शनिवार माइतीघरमा आन्दोलन गरेका हुन्।
उनीहरुले फैसला फिर्ता लिन समेत माग गरेका छन् ।