काठमाडौं। चीनमा सयौं महिलाहरुलाई स्पाई–क्यामेरा जडान गरिएको ऐना गिफ्ट दिएको र बेचेको अभियोगमा झाङ थर भएका एक व्यक्ति गिरफ्तारमा परेका छन्।
भर्खरका युवतीलाई झाङले स्पाई–क्यामेरासहितको ऐना उपहारमा दिने गर्दथे भने त्यस्ता ऐना बेच्ने पनि गरेका थिए।
एससीएमपीका अनुसार ग्वाङदोङ प्रान्तका उनलाई प्रहरीले गिरफ्तार गरेर महिलाको नग्न फोटो र भिडिओ खिचेको आरोपमा अनुसन्धान गरिरहेको छ।
ती व्यक्तिले त्यस्ता स्पाई क्यामेरासहितको सामग्री हालसम्म २१० वटाभन्दा बढी बेचिसकेको जनाइएको छ।
एक महिला लाइभ स्ट्रिमर लिलाई झाङले चिटिक्कको ऐना उपहारमा दिएका थिए। उनले लिलाई नग्न हुँदा सो ऐना हेर्नुपर्ने बताएपछि लिले शंका लागेर ऐनामा खोजतलासी गरेका थिए।
सो ऐनाभित्र चारवटा क्यामेरा र ३२ जिबीको मेमोरी कार्ड भेटिएको बताइएको छ। सो मेमोरी कार्ड २०१९ मा बनेको थियो।
लिका अनुसार झाङले आफूजस्ता सयौं महिलालाई त्यस्तो ऐना बेचेर अथवा उपहार दिएको नग्न फोटो र भिडिओ खिचेको हुनसक्ने बताएकी छिन्। एससीएमपी