रुस र चीनले भिटो प्रयोग गर्दा उत्तर कोरियामाथि लगाउने भनिएको अमेरिकी प्रतिबन्ध टर्यो

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ४ : ०२


काठमाडौं। उत्तर कोरियामाथि लगाउने भनिएको प्रतिबन्धलाई रुस र उत्तर कोरियाले रोकिदिएको छ।

संयुक्त राष्ट्रसंघमा अमेरिकाले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्धहरु लगाउनुपर्ने भन्दै प्रस्ताव पेस गरेको थियो। तर भिटोको अधिकार भएका दुई शक्तिराष्ट्र चीन र अमेरिकाले सो अधिकार प्रयोग गर्दै उत्तरमाथि प्रतिबन्ध नलगाउने निर्णय गरेको हो।

यससँगै उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकी प्रयास असफल भएको छ। पछिल्लो प्रतिबन्ध सुर्ती र तेल निर्यात तथा आपूर्तिको विषयमा थियो।

उत्तर कोरियाले पछिल्ला दिनहरुमा शक्तिशाली क्षेप्यास्त्रहरु हानिरहेको छ। साथै उत्तर कोरियाले पश्चिमा राष्ट्रका बैंकमा ह्याकिङ गरेको खबरहरु सार्वजनिक भएका छन्।

यसवर्ष मात्र उत्तर कोरियाले २३ पटक क्षेप्यास्त्र प्रहार गरिसकेको छ। यो राष्ट्रसंघको नियम विपरित कार्य हो।

यसअघि सन् २००६ मा उत्तर कोरियाले आणविक क्षेप्यास्त्र परीक्षण गरेको भन्दै राष्ट्रसंघमा उत्तरविरुद्धको प्रतिबन्धात्मक नियम पारित भएको थियो।

तर यतिबेला भने उत्तर कोरिया सामु अमेरिका कडा रुपमा प्रस्तुत हुँदा रुस र चीनले आफ्नो शक्ति प्रयोग गरेको हो। अल्जाजिरा


प्रतिक्रिया दिनुहोस्