रेनु दाहाल चढेको गाडी दुर्घटना, अस्पताल भर्ना

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ३ : ४९


भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल अस्पताल भर्ना भएकी छन्।

दुर्घटनामा घाइते भएकी दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ।

दाहाल चढेको गाडी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि दुर्घटनामा परेको हो।

टायर पञ्चर भएका कारण पोलमा ठोक्किएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दाहालको टाउकोमा चोट लागेको छ। अवस्था भने खतरामुक्त रहेको जनाइएको छ।

रेनु दाहालकी बहिनी गंगा दाहालले अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने तयारी भइरहेको बताएकी छन्।

टाउकोमा चोट लागेकोले तत्कालै सिटी स्क्यान गर्दा बाहिर मात्र चोट भएको र अवस्था सामान्य भएपछि डिस्चार्ज गर्ने तयारी भएको रेनुकी बहिनी गंगाले जानकारी दिएकी छन्।

 


प्रतिक्रिया दिनुहोस्