बैतडीमा विद्युतीय राहदानी सेवा सुरु

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ३ : १७


जिल्ला प्रशासन कार्यालयले पहिलोपटक विद्युतीय राहदानी ई–पासपोर्ट सेवा सुरु गरेको छ।

एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। ई–पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै समय पर्खिनुपर्ने र राहदानी बनाउन काठमाण्डौँ जानुपर्ने यहाँका नागरिकको बाध्यता हटेको हो।

अब वैदेशिक रोजगारिमा जानेले जिल्ला प्रशासन कार्यालयमा तीन हप्ताभित्र राहदानी पाउने र विद्युतीय राहदानी ई–पासपोर्ट बनाउनेले रु पाँच हजार शुल्क तिर्नुेपर्नेछ।

यस्तै विद्युतीय राहदानी ई–पासपोर्टका लागि घरबाटै पनि फर्म भर्न सकिने जनाईएको छ। राहदानी बनाउन तीन महिना लाग्ने गरेकामा अब भने तीन हप्तामै जिल्लामा राहदानी आइपुग्ने भएको हो।

यहाँबाट काठमाडौँ गएर राहदानी बनाउनुपर्दा जिल्लावासीलाइ निकै अप्ठ्यारो र सारै खर्चिलो हुने गरेकामा अब राहत मिलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यहाँ गत मङ्सिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्