विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा जारी

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ३३


उदयपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समिति विस्तारित बैठक उदयपुरको रौता पोखरीमा बिहीबारदेखि जारी ।

उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द (विप्लव)को अध्यक्षतामा केन्द्रीय समितिको १३औं पूर्ण विस्तारित बैठक बसिरहेको हो।

बिहीबारदेखि सुरु बैठकमा पार्टीका महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी ९औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेस गरेका छन्। बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति छ।

बैठकमा शुक्रबारदेखि राजनीतिक प्रस्ताव माथि छलफल सुरु भएको छ । प्रस्ताव माथि ५८ जना केन्द्रीय सदस्य र २ जना सल्लाहकार समिति सदस्यहरूले धारणा राख्नेछन्।


प्रतिक्रिया दिनुहोस्