काठमाडौं। लागुपदार्थ सेवनको मामिलामा बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानले क्लिन चिट पाएका छन्।
लागुपदार्थविरुद्धको सरकारी संस्था एनसीबीले आर्यन खानले लागुपदार्थ सेवन गर्ने नगरेको देखिएको बताएको हो।
यसअघि आर्यन खानलाई क्रुज जहाजमा आयोजित ड्रग्स पार्टीमा पक्राउ गरिएको थियो।
गतवर्ष आर्यनलाई केही हप्तासम्म थुनामै राखिएको थियो। यद्यपी प्रमाणहरु भेट्न नसकेपछि उनलाई छाडिएको थियो।
यतिबेला उनले सो मामिलामा क्लिन चिट पाएका हुन्।