अमेरिकी उपमन्त्री नेपाल आएर तिब्बती शिविरमा गएकोप्रति विप्लव नेकपाको आपत्ति

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : १४


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण नगर्न अमेरिकालाई चेतावनी दिएको छ।

सो पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन्।

प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्रीले दुई देश र दुई सरकारसँग सम्बन्धित कार्य गर्नुको सट्टा अति संवेदतशील रहेको तिब्बतीयत शरणार्थी शिविरमा भ्रमण गर्न जानु भनेको नेपालको राष्ट्रिय स्वधीनता र कुटनीतिक मार्यादा बाहिरको कार्य भएको ठोकुवा गर्दै कुटनीतिक मर्यादा विपरित कार्यको कडा विरोधसमेत गरिएको छ।

विज्ञप्तिको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्