अमेरिकी गोलीकाण्डमा शिक्षक श्रीमती मारिएपछि शोकका कारण यी व्यक्तिको पनि मृत्यु!

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ०९


काठमाडौं। अमेरिकामा गत मंगलबार भयाभव गोलीकाण्ड घट्यो। सो आक्रमण विद्यालयमा भएको थियो।

टेक्सस राज्यको रोब इलिमेन्ट्री स्कूलमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १९ बालबालिकासहित २१ जनाको ज्यान गएको थियो।

सो क्रममा विद्यालयकी शिक्षिका इर्मा गार्सियाको पनि मृत्यु भएको थियो। उनले विद्यालयमा २३ वर्षयता अध्यापन गराउँदै आएकी थिइन्।

यो गोलीकाण्डले अमेरिकाभर हतियार विक्रिको विषयमा प्रश्न चिन्ह नै खडा गरिदिएको छ। यतिबेला हतियार लाइसेन्स प्रदान गर्न नहुने मागहरु उठेका छन्।

Robb Elementary School

मृतकका परिवारहरु शोकमा परेका बेला गार्सियाका श्रीमान पनि गहिरो दुःखमा परेका थिए।

जो गार्सिया श्रीमतीको मृत्युको खबरले यति शोकमा डुबेकी अन्ततः यतिबेला उनको पनि हृदयघातका कारण मृत्यु भएको छ।

उनीहरुले विवाह गरेको २४ वर्ष पुगेको थियो।


प्रतिक्रिया दिनुहोस्