बालेनलाई श्रीमतीको शुभकामनाः मेरो साथ सँधै रहनेछ, मेरो बालेनबाट सबैको बालेन भयौं

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १ : ०५


काठमाडौं। नवनिर्वाचित मेयर बालेनलाई श्रीमतीको शुभकामनाः मेरो साथ सँधै हुनेछ, हाम्रो बालेन भयौं

काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई उनका श्रीमती सबिना काफ्लेले शुभकामना दिएकी छिन्।

उनले आफूले जीवनभर बालेनको साथ दिने वाचा गर्दै अब बालने आफ्नो मात्र नभएर सबैको बालेन भएको उल्लेख गरेकी छिन्।

सामाजिक संजालमा उनले लेखेकी छिन्,‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ।

तिम्रो संयमता नै तिम्रो शक्ति हो। दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !
घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ।
चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस्। तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ।
घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।

तिमीलाई हार्दिक बधाई। मलाई हार्दिक बधाई। हामी सबैलाई हार्दिक बधाई।’


प्रतिक्रिया दिनुहोस्