अन्ततः युवालाई पत्यायो काठमाडौंले, मेयरमा बालेन उपमेयरमा सुनिता डंगोल निर्वाचित

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ११ : ०६


काठमाडौं। काठमाडौं महानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

मेयरमा ३२ वर्षका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा २९ वर्षकी सुनिता डंगोल निर्वाचित भएका छन्।

स्वतन्त्र उम्मेदवार बालेन भनेर चिनिने बालेन्द्र साहले बलिया पार्टीका उम्मेदवारहरुलाई २० हजारभन्दा बढीको मतान्तरमा पराजित गरेका हुन्।

यस्तै एमालेको तर्फबाट उपमेयरमा उठेकी सुनिता डंगोल पनि भारी मतसहित विजय भइन्। यसपटक काठमाडौंले मेयर र उपमेयरमा युवालाई पत्याएको देखिएको हो।

बालेन र सुनिता डंगोलको जितलाई राजनीति प्रतिको वितृष्णा साथै युवा प्रतिको मानिसको आकर्षण, झुकाव र विश्वासको रुपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्