राहदानी विभागले आइतबार पनि सेवा दिने

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ११ : २५


परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ।

विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो।

हप्ताको दुई दिन सार्वजनिक विदा दिंदा राहदानी लिन आउनेको चाप बढेपछि विभागले आइतबार पनि सेवा प्रदान गर्ने निर्णय गरेको हो।

विभागका अनुसार आइतबार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा प्रदान गरिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्