टेक्सासको विद्यालयबाहिर बन्दुकसहित विद्यार्थी पक्राउ

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ९ : ४३


टेक्सास । अमेरिकाको टेक्सास राज्यको उभल्देस्थित एक विद्यालयमा भएको घातक गोलीबारीमा १९ विद्यार्थी र दुई शिक्षकको ज्यान गएको एक दिनपछि टेक्सासकै एउटा हाईस्कूल बाहिर एक विद्यार्थी बन्दुकसहित पक्राउ परेका छन्।

प्रहरीले टेक्सासको रिचर्डसन हाईस्कुलतर्फ राइफलसहित हिँड्दै गरेका संदिग्धलाई पक्राउ गरेको हो। संदिग्धबारे जानाकारी पुगेपछि तत्कालै उनी भएको स्थानमा प्रहरी पुगेको थियो। प्रहरी गतिविधिबारेमा नजिकका विद्यालयलाई जानकारी दिइएको थियो।

१८ वर्षीय बन्दुकधारीले एउटा प्राथमिक विद्यालयमा २१ जनाको हत्या गरेको भोलिपल्ट यो घटना भएको हो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्