काठमाडौं महानगर-१३ मा एमाले विजयी

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ९ : ०७


काठमाडौं । काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) विजयी भएको छ।

एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनी ३ हजार १२४ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाए।

महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला विजयी भएका छन्। खुला सदस्यमा पनि एमालेका रुपेश महर्जन र रामबाबु कोइराला विजयी भए।

महानगरको अन्तिम मतपरीणाम आउन बाँकी छ। अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ।


प्रतिक्रिया दिनुहोस्