‘कभी इद कभी दिवाली’ जगपति भिलेन

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ८ : ०८


मुम्बई । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’को चर्चा सेलाएको छैन। फिल्मको कलाकारलाई लिएर दैनिक नयाँनयाँ समाचार आइरहेका छन्। अब यो फिल्ममा भिलेनको भूमिका दक्षिण भारतीय अभिनेता जगपति बाबूको प्रवेश भएको छ।

यसअघि नै यो फिल्ममा दक्षिण भारतीय दुई कलाकारको प्रवेश भइसकेको छ। समाचारअनुसारा फिल्ममा जगपतिलाई निकै डरलाग्दो भिलेनको चरित्रमा देखाइनेछ। जसका लागि उनले मेहनत पनि गरिरहेका छन्।

सलमान पेन इण्डियाबाट फिल्म बनाइरहेका छन्। सोहीकारण फिल्मको कास्टिङमा उनले बढी ध्यान दिएका छन्। जगपति फिल्मको हैदराबाद सेड्युलको सुटिङमा जोडिनेछन्।

फरहाद सामजीको निर्देशन रहने फिल्ममा जहीर इकबाल र शहनाज गिलको पनि अभिनय हुनेछ। फिल्ममा दक्षिण भारतीय स्टार वेंकदेश दग्गुबाती, अभिनेत्री पूजा हेगडे पनि जोडिएकी छन् ।

फिल्म सन् २०२३ को इदमा रिलिज हुने निर्माण पक्षले जनाएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्