रौतहटका १८ वटै पालिकाको नतिजा, कुन दलले कहाँ-कहाँ जिते?

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ६ : ३२


रौतहट। रौतहटका १८ वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार नेपाली कांग्रेसले सात, नेकपा (एस)ले चार, एमालेले तीन, लोसपाले दुई तथा जसपा र माओवादी केन्द्रले एक एक पालिकामा जित हात पारेका छन्।

कांग्रेसले फतुवा विजयपुर, राजपुर, कटहरिया, गढीमाई, चन्द्रपुर, परोहा र माधव नारायण नगरपालिकामा जितेको छ। २०७४ को निर्वाचनमा आठ पालिकामा जित हासिल गरेको कांग्रेसले रौतहटमा यो पटक एक पालिका गुमाएको हो। यसअघि कांग्रेसले जित हासिल गरेको वृन्दावन, दुर्गा भगवती र राजदेवी भने गुमाएको छ।

एकीकृत समाजवादी वृन्दावन, गौर, बौधीमाई र राजदेवी नगरपालिकामा विजयी भएको छ।

एमालेले देवाही गोनाही, गरुडा र मौलापुर नगरपालिकामा जित हात पारेको छ। २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक तीन पालिका जितेको हो।

यसअघि माओवादी केन्द्रले जित हासिल गरेको मौलापुर र संघीय समाजवादी फोरम, नेपालले जित हासिल गरेको गरुडा र देवाही गोनाहीमा एमालेले जित हात पारेको हो।

लोकतान्त्रिक समाजवादी पार्टी ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा विजयी भएको छ।

गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालले र दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको छ । २०७४ को निर्वाचनमा तीन पालिका जितेको माओवादी केन्द्रले रौतहटमा यो पटक एउटा पालिकामा जित हासिल गरेको हो।


प्रतिक्रिया दिनुहोस्