पेट्रोलको मूल्य घट्नुपर्छ, आइतबारे बिदा हटाउनुपर्छ भन्दै गौतमद्वारा आमरण अनशनको घोषणा

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  २ : ०२


काठमाडौं। नेपालका भाइरल म्यानको रुपमा परिचित हालै एमाले प्रवेश गरेका पुण्य गौतमले आमरण अनसन बस्ने घोषणा गरेका छन्।

विभिन्न चार बुँदे माग राख्दै आजैबाट अनशन सुरु गर्न लागेको उनले बताएका हुन्।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि उनी अनसनमा बस्नेछन्।

सरकारले पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने पुण्य गौतमको पहिलो माग रहेको छ।

यस्तै दोस्रो बुँदामा उनले नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने माग राखेका छन्।

त्यस्तै उनले सरकारले जेठदेखि लागू गरेको आइतबारे बिदा खारेज गर्नुपर्ने र निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्