जुन नगरपालिकामा छिर्न दिइएन, अहिले त्यहीँको मेयर!

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १२ : ०१


काठमाडौं। बलिया पार्टीहरुलाई पराजित गर्दै धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ गत आइतबार नै निर्वाचित भइसकेका छन्।

उनी आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्।

राईले २० हजार ८२१ मत पाएका थिए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ पाए।

हर्कराजले चुनावी अभियानका क्रममा एक्लै पर्चा बाँडेका थिए। साथै उनी आफैं माइकिङ गर्दैं हिँड्थे। उनी लौरो चिन्हबाट निर्वाचनमा उत्रिएका थिए।

वास्तवमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राईलाई रुचाउनुमा धेरै कारणहरु छन्। सारमा भन्नुपर्दा धराने जनता राजनीतिक पार्टीहरुबाट ज्यादै रुष्ट थिए।

त्यहाँ खानेपानीको अभावनलाई नगरपालिकाले पूर्ति गर्न सकेको थिएन। नगरपालिकाले जनताको समस्याबारे सम्बोधनको प्रयास नगर्दा हर्क आजित थिए। उनी जनताका समस्याहरु सिधै नगरपालिका गएर सुनाउँथे। त्यसो गर्दा उनलाई धेरैपटक नगरपालिका भित्र छिर्नै दिइएको थिएन। उनलाई कयौंपटक सुरक्षा गार्ड तथा मेयरले नै बाहिर निस्की भन्दै धम्क्याएका थिए।

अन्ततः यसपटकको निर्वाचनमा स्थानीयले राजनीतिक दलप्रतिको वितृष्णा उजागार गरे। उनीहरुले आफ्नो दुःख मर्का सुन्ने हर्कलाई भोट हाले।

सामाजिक अभियन्तासमेत रहेका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए।

सरोकारवालाले स्थानीयको आवज नसुन्दा उनी बुलन्दरुपमा स्थानीय सरकारविरुद्ध प्रस्तुत हुन्थे। जनताको समस्या कसैले नसुनेपछि अन्ततः हर्कले मेयरको उम्मेदवार हुने निधो गरे।

चुनावी अभियानका क्रममा उनी एक्लै हिँड्ने। उनको अगाडि र पछाडि कोही हुँदैन थिए। यद्यपी जनताले अप्रत्यक्ष रुपमा हर्कको विकासका योजनाहरुबारे थाहा पाइराखेका थिए। अन्ततः आफ्नो आवज सुन्नसक्ने हर्कलाई धरानको जनताले मेयर बनाए।

जुन नगरपालिकामा हर्कलाई पहिले छिर्न दिइएको थिएन अहिले उनी सोही नगरपालिकाको प्रमुख बनेका छन्।


प्रतिक्रिया दिनुहोस्