मूल्यवृद्धि विरुद्ध हेटौंडामा र्‍याली, सडकमा आगो बालेर चिया पकाउँदै प्रदर्शन

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ८ : २९


हेटौंडा । नेकपा एमालेको विभिन्न भातृ संगठनहरुले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेका छन्।

हेटौंडाको सीमाचोकबाट बुद्धचोकसम्म मोटराइकल डोहोर्‍याउँदै र ग्यासको सिलिन्डर बोकेर प्रदर्शन गरेका थिए।

त्यसैगरी उनीहरुले सडकमा नै आगो बालेर चिया पकाएर प्रदर्शन गरेका थिए।

एमालेको भातृ संगठन अनेरास्ववियु, नेपाल खेलकुद महासंघ लगायतको संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका थिए।

उनीहरुले गठबन्धन सरकार जनतालाई मूल्य वृद्धि उपहार, मैले पकाएर खाएको पनि देखि सकेनौ है सरकार लगायतका नाराहरु लगाएका थिए।

 


प्रतिक्रिया दिनुहोस्