कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ६ : २४


काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्।

उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २१ वर्षीय विक्की महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ।

उक्त घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्