आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ६ : १८


सुनसरी । आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदी रहेका छन्।

उनले ४२ बर्षीया आमा शान्त सुवेदीको हत्या गरेको प्रहरीले जनाएको छ।

हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो सौगातले धारिलो हतियारले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्।

उनको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सौगातलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्