दशरथ रंगशालामा आउँदो शनिबार सलमान खानको कन्सर्ट नहुने, फेरि सर्यो

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ६ : १२


काठमाडौं। आगामी शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट फेरि एकपटक स्थगित भएको छ।

अन्तिम समयमा आएर स्थगित भएको कन्सर्ट अर्को मितिमा हुने आयोजकले जनाएको छ।

आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षात्को समय सुरु भएकाले कार्यक्रम गर्न असहज भएको छ।

‘द ब्याङ रिलोडेड टुर’ नाम दिइएको कन्सर्ट यसअघि पनि निर्धारित समयमा हुन पाएको थिएन।

कार्यक्रम नै नभएपछि सलमानसहितका बलिउड कलाकार शनिबार नेपाल आउनेछैनन्।

कन्सर्ट सरेता पनि अर्को मितिमा कार्यक्रम हुने बताइएको छ। सलमानले यस कन्सर्टको लागि ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भनिएको छ।


प्रतिक्रिया दिनुहोस्