सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ६ : ०८


सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने जनाएकी छन्।

विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने उनले उल्लेख गरेकी छन्।

त्यस्तै, गुणस्तरीय शिक्षाको राष्ट्रिय मानक निर्धारण गर्ने विशिष्टीकृत नमुना विद्यालय सञ्चालनमा ल्याइने सरकारको नीति तथा कार्यक्रममा समावेश छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने उनले बताइन्।


प्रतिक्रिया दिनुहोस्