तनहुँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ६ : ०६


तनहुँ । तनहुँको व्यास नगरपालिका–५ तल्लो गुणादीमा ना.४ ख ८४४५ नम्बरको बसले ग.२० प ६३३६ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा एक कजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटरमा सवार भिमाद नगरपालिका–२ बस्ने ४० वर्षीया पवित्रा थापा रहेका छन्।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बस्ने २० वर्षीय सुसिर थापालाई सोही अस्पताल हुँदै थप उपचारको लागि पोखरातर्फ लगिएको छ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्