यौन दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ०२


सेन्ट लरेन्स कलेजका छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा अर्का शिक्षक पनि पक्राउ परेका छन्।

विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरू आन्दोलित भएका थिए। त्यसपछि प्रहरीले आरोपित जनार्दन अधिकारीलाई पक्राउ गरेको हो। त्यस्तै अर्का शिक्षक राजनकुमार पौडेललाई पनि पक्राउ गरेको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ।

उनीहरूविरूद्ध कक्षा ११ का तीन जना छात्राले जाहेरी दिइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्