नगरप्रमुख भामले गरे सम्पति सार्वजनिक

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ४ : ५२


मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विष्णुकुमार भामले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

नगर प्रमुखको कार्यभार सम्हालेको एक साता नबित्दै भामले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

जिल्ला सदरमुकाम गमगढीको कृष्ण चोकमा मंगलवार आयोजित कार्यक्रमममा उनले सम्पति सार्वजानिक गरेका हुन्।

जसअनुसार उनीसँग १४ तोला सुन, दुई तोला चाँदी, १५ लाख बैक ब्यालेन्स र नगद मौज्दात १६ लाख रहेको बताए। यस्तै केही ठाउँमा जग्गा समेत रहेको उल्लेख गरे।

मुगुको साविकको कार्कीवाडा गाविसमा कित्ता नम्बर ५१ को ४२३१३ वर्ग मिटर, साविकको श्रीनगर गाविकसमा कित्ता नम्बर ५ को ५५८ बर्ग मिटर, साविकको पिना गाविसमा कित्ता नम्बर ३ को ४५५८ वर्गमिटर र सुर्खेतको साविकको लाटिकोईली गाविसमा २ कित्ता ३६२ वर्गमिटर जग्गा रहेको नगर प्रमुख भामले बताए।

छायाँनाथ रारा नगरपालिका-४ भामबाडा गाउँमा निजी निवासमा रहेको सात कोठे एउटा घर आमा लालकली भामको नाममा रहेको बताए।

यस्तै गमगढी बजारमा आठ कोठाको घर पनि आमाकै नाममा रहेको उल्लेख गरे। गमगढी बजारमा रहेको ६ कोठाको घर श्रीमती अनिता रावलको नाममा रहेको र नेपालगन्जको तीन तले घर आमा लालकली भामको नाममा रहको जनाइन्ई।

नगर प्रमुख भामले यि सम्पतिमा आफ्नो कुनै हक दावी नलाग्ने बताए। प्रायःजग्गा आमाको नाममा रहेको हुँदा कुनै पनि जग्गामा नाम नरहेको बताए। उनी यो सबै सम्पती पुर्ख्यौली भएको पनि उल्लेख गरे।

मेयर भामले गरेको सार्वजानिक सम्पति विवरणअनुसार तामाका भाँडाकुँडा, हुड्को ताउलो ८० धार्नी, काँसका भाँडाकुँडा ५२ केजी, अन्य सानातिना सामानहरु सय थान र लिउ, गँलैचा समेतका लत्ता कपडा आवश्यकता अनुसार रहेको बताए।


प्रतिक्रिया दिनुहोस्