राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवनमा पुगेकी छन्। आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी नयाँबानेश्वरस्थित संसद भवनमा पुगेकी हुन्।
संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।