काठमाडौंको वडा नं २२ मा एमालेका महर्जन विजयी

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ३ : ५१


काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय भएका छन।

महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन।

महर्जनले दुई हजार ६० मत प्राप्त गर्दा तण्डुकारले एक हजार ४७८ मत प्राप्त गरेका छन।

त्यसैगरी वडा सदस्यमा कांग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी भएका छन। महिला सदस्यमा कांग्रेसको तर्फबाट ललिता खड्गी र दलित महिला सदस्यमा एमालेको गीता परियार यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन।

कामपामा हालसम्मा एक लाख ४५ हजार ३६२ मत गणना गर्दा पाँच हजार ६४३ मत बदर भएको मुख्य निर्वाचन अघिकृत राजुकुमार खतिवडाले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस्