आईपीएलः फाइनल प्रवेशका लागि गुजरात र राजस्थान आज खेल्दै

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ३ : २३


इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२२ टी–२० क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेल आज (मंगलबार) हुँदैछ। पहिलो क्वालिफायर नेपाली समयअनुसार राति पौने ८ बजे गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कोलकत्तामा हुनेछ।

यस खेलको विजेता सिँधै फाइनल पुग्नेछन्। पराजित टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशको लागि मौका पाउँनेछ । नवप्रवेशी गुजरात २० अंकसहित शीर्षस्थानमा रहेर प्लेअफ पुगेको थियो। १८ अंकसहित राजस्थान दोस्रो स्थानमा छ।

लिग चरणको भेटमा गुजरातले राजस्थानलाई ३७ रनले हराएको थियो। दोस्रो क्वालिफायरमा लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगरोलबीच भोलि प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस्