काठमाडौं। केही महिना अगाडि मात्र पञ्जावमा आम आदमी पार्टीका भगवान्त मान त्यहाँको मुख्यमन्त्रीको रुपमा निर्वाचित भएका थिए।
यतिबेला उनले आफ्ना एक मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्।
स्वास्थ्य परियोजनाको काममा एक प्रतिशत कमिसन मागेको भन्दै पञ्जाव सरकारले स्वास्थ्यमन्त्री विजय सिंगलालाई पदबाट हटाएको बीबीसीहिन्दीले जनाएको छ।
कमिसन माग्ने मन्त्रीलाई पदबाट हटाएसँगै आम आद्मी पार्टीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री समेत रहेका अरविन्द केजरीवालले भगवान्त मानको तारिफ गरेका छन्।
मन्त्री बर्खास्त गरेसँगै भगवान्त मानले आम आद्मी पार्टीको जन्म इमानदार प्रणाली बनाउन भएको बताएका छन्। आम आद्मी पार्टीले भ्रष्टाचार गर्नेलाई सिधै कारवाही गर्नेपनि स्पष्ट पारेका छन्।
Proud of you Bhagwant. Ur action has brought tears to my eyes.
Whole nation today feels proud of AAP https://t.co/glg6LxXqgs
— Arvind Kejriwal (@ArvindKejriwal) May 24, 2022