क्वाडले एसिया–प्यासिफिक क्षेत्रका पूर्वाधार परियोजनामा ५० अर्ब डलर लगानी गर्ने

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  २ : ०१


टोकियो। जापान, अमेरिका, भारत र अस्ट्रेलियाले एसिया–प्यासिफिक क्षेत्रका पूर्वाधार परियोजनामा ५० अर्ब डलर बराबरको रकम लगानी गर्ने भएका छन्।

जापानको राजधानी टोकियोमा जारी क्वाड शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमिओ किसिदाले सो जानकारी दिएका हुन्।

‘हामी आगामी पाँच वर्षमा इन्डो–प्यासिफिक क्षेत्रमा सञ्चालित परियोजनाहरूलाई सहयोग गर्न ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने लक्ष्य राख्छौं’, प्रधानमन्त्री किसिदाले भने।

क्वाड सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्टे«लियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी अल्बानिज टोकियोमा छन्।


प्रतिक्रिया दिनुहोस्