काठमाडौँ महानगरपालिका–२६ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १० : १३


काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी भएका छन।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अघि सम्पन्न मतगणनामा कांग्रेसका तिवारीले तीन हजार ३१५ मत ल्याएर विजयी भएका हुन।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार तीर्थकाजी डङ्गोलले दुई हजार ४२९ मत प्राप्त गरे। नवनिर्वाचित अध्यक्ष यसअघि पनि सोही वडाको वडाध्यक्ष भए।

वडा सदस्यमा पनि कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन। कांग्रेसबाट विजयी हुने सदस्यमा बाबुबाजी महर्जन र प्रवेश श्रेष्ठ, महिला सदस्यमा शान्ता महर्जन र दलित महिलामा रुपा नेपाली निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ।

काठमाडौँ महानगरपालिका वडा नं २६ मा ठमेल, लैनचौर, सामाखुशी, गल्कोपाखा, रानीवारी, टाउन प्लानिङ, नयाँ बसपार्क, म्हैपीलगायतका क्षेत्रहरू पर्दछन्। रासस


प्रतिक्रिया दिनुहोस्