यौनजन्य हिंसाको हदम्यादबारे संसदीय समितिमा छलफल, थममाया भन्छिन्-हदम्याद त राख्नैपर्ने हुन्छ

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ५ : २६


संदीय समितिमा यौनजन्य हिंसामा हदम्याबारे छलफल भएको छ।

सुन्दरी प्रतियोगिताका आयोजकले आफूमाथि नसालु पदार्थ खुवाएर बलात्कार गरेरको एक युवतीले भिडियो सन्देशमार्फत घटना सार्वजनिक गरेपछि यौनजन्य हिंसामा गरिएको हदम्यादबारे पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेको छ।

यसैक्रममा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा हदम्यादबारे छलफल भएको हो।

छलफलका क्रममा एमालेकी सांसद तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत रहेकी थममाया थापाले यौनजन्य हिंसाका घटनाको अनुसन्धानका लागि हदम्याद राख्नैपर्ने धारणा राखेकी छन्।

यौनजन्य हिंसा रोक्नका लागि सशक्त कानुन बनाउन सकिने भन्दै उनले भनिन्, ‘यौनजन्य हिंसामा हदम्यादै नराख्ने भन्ने कुरा भएन। हदम्याद त राख्नैपर्ने हुन्छ।’

पीडकलाई कडा कानुनी कारबाही र पीडतलाई न्याय दिने गरी कानुन बनाउनुपर्नेमा जोड दिएकी उनले यसका लागि आवश्यक परे कानुन परिमार्जन पनि गर्नुपर्ने बताइन्।

पीडितले न्याय र पीडक उम्कन नपाउने गरी कानुन बनाउनुपर्ने बताउँदै सांसद थापाले यसका लागि कानुनी व्यवस्था कडा र कार्यान्वयनका इमान्दारिता हुनुपर्ने बताइन्।


प्रतिक्रिया दिनुहोस्