काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको सुरक्षाको लागि अमेरिकाले शक्ति प्रयोग गर्नसक्ने र आइपरेको खण्डमा सेना पनि पठाउनसक्ने बताएपछि चीन रुष्ट बनेको छ।
चीनका विदेशमन्त्री वाङ यीले बाइडेनको आलोचना गर्दै देशको सार्वभौमिकता र क्षेत्रीय एकताको विषयमा कसैसँग कुनैपनि सम्झौता गर्न नसक्ने बताएका छन्।
उनले चिनियाँ नागरिकको संकल्पलाई कसैले पनि कम आँकलन गर्ने गल्ती गर्न नहुने चेतावनी दिए।
ताइवानलाई चीनले आफ्नो प्रान्तको रुपमा हेर्ने गर्दछ। बेइजिङ ताइवान चीनमा जहिल्यै भएता पनि गाभिने बताउँछ। तर ताइवान भने चीनसँग गाभिन चाहँदैन। ताइवानको आफ्नै संविधान छ।
“On issues related to China’s sovereignty & territorial integrity, China has no room for compromise. No one should underestimate the determination of Chinese people,” Chinese FM said, expressing strong dissatisfaction in response to Biden’s remarks on #Taiwan question. pic.twitter.com/QgSP1l53SV
— Global Times (@globaltimesnews) May 23, 2022
चीनको नीति ताइवानमा नचल्ने त्यहाँको सरकारले बताउँदै गर्दा ताइवानलाई आक्रमण गरेरै चीनमा विलय गराउने चिनियाँ राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्।
ताइवानले अमेरिकाबाट शक्तिशाली हतियार खरिद गर्न छाडेको छैन। यस क्रममा बाइडेनले ताइवानको सुरक्षाको लागि अमेरिकाले शक्तिको प्रयोग गर्नसक्ने बताएका हुन्।
यो भनेको चीनलाई सिधै चुनौती दिएको जस्तै हो। पत्रकारले सोधेको प्रश्नमा बाइडेनले आइपरेको खण्डमा ताइवानमा सेना पठाउने पनि उनले स्पष्ट पारेका थिए।
उनका अनुसार ताइवानमा खतरा आइपरे अमेरिकाले सेना पठाउने वाचा गरेको छ।