बलात्कारको आरोप लागेका मनोज पाण्डेविरुद्ध दुईटा मुद्दा चलाउने तयारी

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १२ : ५६


काठमाडौं। दुई किशोरी बलात्कारको अभियोगमा गिरफ्तार भएका मनोज पाण्डेविरुद्ध मानव वेचबिखन र यौन दुर्व्यवहारको मुद्दा चलाउने तयारी गरिएको छ।

मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा सहभागी भई दोस्रो भएकी एक युवतीले पाण्डेविरुद्ध आफुमाथी पटक–पटक बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन्।

उक्त घटना भएको ८ वर्ष बितिसकेको हुनाले हदम्याद लाग्ने भएपछि पाण्डेविरुद्ध मानव बेचबिखनको मुद्दा चलाउन लागिएको हो।

बलात्कारको जाहेरी दिने हदम्याद एक वर्षको मात्र हुन्छ। तर युवतीले ८ वर्षपछि मात्र घटना सार्वजनिक गरेकी हुन्।

हिजो पाण्डेविरुद्ध अर्की किशोरीले आफुलाई बलात्कार गरेको भन्दै उजुरी दर्ता गरेकी छिन्। पाण्डेलाई आज म्याद थपका लाग जिल्ला अदालत काठमाडौं लगिदै छ।

अदालतले आज दुई मुद्दा मध्ये एउटा अभियोगमा म्याद थप्नेछ।


प्रतिक्रिया दिनुहोस्