ललितपुर महानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : २७


ललितपुर। ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता कायम रहेको छ।

प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ।

पछिल्लो विवरणअनुसार, नेपाली कांग्रेसका उम्मेदवार महर्जनले ३५ हजार ३७४ र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत पाउनुभएको छ।

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८ हजार ३०९ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी का बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाउनुभएको छ।


प्रतिक्रिया दिनुहोस्