मामाघर जाने क्रममा ढुङ्गाले लागेर दुई वर्षीय बालकको मृत्यु

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : १३


जाजरकोटको बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ ।

बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिनुभयो ।

महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुङ्गा लागेर रोहितको मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्