चितवनमा गठबन्धनकी रेनुलाई ८ हजार ४९४ मतको अग्रता

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ०४


चितवन। चितवन भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ।

पछिल्लो विवरणअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार ४९४ मतको फराकिलो मतान्तर कायम गरेकी छन्।

रेनुने अहिलेसम्म ३८ हजार ६५५ मत पाएकी छन्। नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १६१ मत पाएका छन्। स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ६४१ मत ल्याएका छन्।

यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९०० मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका हिमला गुरुङले २३ हजार ८७३ मत प्राप्त गरेकी छन्।


प्रतिक्रिया दिनुहोस्