काठमाडौंको पछिल्लो मतः लौरो चिन्हका बालेन काँग्रेस र एमालेभन्दा १७ हजारले अगाडि

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ५ : ०५


काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहाले अग्रता फराकिलो बनाएका छन्।

राष्ट्रिय सभागृहमा जारी मतगणनाअनुसार शाहले ४१ हजार २७९ मत ल्याएका छन्।

पछिल्लो विवरणअनुसार दोस्रो स्थानमा रहेका काँग्रेसकी सिर्जना सिंहको २३ हजार ८५५ ल्याएका छन्।

तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितको २३ हजार २४ मत पाएका छन्।

समग्रमा लौरो चिन्हका बालेन बलिया पार्टीका उम्मेदवारभन्दा १७ हजार मतले अग्रपंक्तिमा छन्।


प्रतिक्रिया दिनुहोस्