काठमाडौंमा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ७ : ०९


काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् । साहले ३८ हजार ३३३ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत २१ हजार २९९ रहेको छ भने स्थापित २१ हजार ८ मतले पछ्याइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्