मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना अपडेट: मृतक संख्या चार पुग्यो

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : ५२


मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए।

उनीहरूको अहिलेसम्म पहिचान खुलेको छैन। हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको डिआई गाडी शनिबार साँझ ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा पुलको बारमा ठोक्किँएको थियो।


प्रतिक्रिया दिनुहोस्