मकवानपुरमा जिप दुर्घटना: ३ जनाको मृत्यु, पाँच जना घाइते

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ८ : २१


मकवानपुर । मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

इन्द्रसरोवर गाउँपालिका-२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना४च २३१५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन। जिपमा सवार ८ जना मध्ये अन्य ५ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ लगिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्